नेपालको पहिचान विश्वसामु पु¥याउन वरिष्ठ नेता पौडेलको आग्रह – Janadesh Daily | ePaper

नेपालको पहिचान विश्वसामु पु¥याउन वरिष्ठ नेता पौडेलको आग्रह


जनादेश, काठमाडौँ

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोहणका माध्यमबाट नेपालको पहिचानलाई विश्वसामु पु¥याउन सक्रिय भूमिका निर्वाह गर्न किर्तिमानी आरोहीहरुलई आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेस प्रवेश गरेका पर्वतीय पर्यटन क्षेत्रका व्यवसायी तथा आरोहीको आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

सर्वोच्च शिखर सगरमाथालगायत हिमाल आरोहणमा कीर्तिमान कायम गरेका विभिन्न ३१ आरोही काँग्रेस प्रवेश गरेका हुन् ।

वरिष्ठ नेता पौडेलले व्यक्तिगतभन्दा पनि व्यावसायिक हितमा दृढतापूर्वक लाग्न आग्रह गर्दै साहसिक पर्यटन नेपालको विशिष्ट पहिचानसँग जोडिएको र यो विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो ।

हाँले नेपालको पर्वतारोहण क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउनेतर्फ पनि युवा आरोहीले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ नेता पौडेलले पार्टीभित्र गुटमा लाग्नुभन्दा पनि लोकतान्त्रिक चरित्रलाई प्रश्रय दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री नवीन्द्रराज जोशी, पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा , पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पा लगायतले नेपालको प्रमुख पर्यटकीय आकर्षणका रुपमा रहेको पर्वतीय पर्यटनलाई व्यवस्थित ढंगले विकास गर्दै नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धन गर्न साहसी आरोहीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

पार्टी प्रवेश गर्नेमा दाबा थिञ्जु शेर्पा, निमाश्री शेर्पा, लाक्पातेञ्जिङ शेर्पा, पासाङ्दावा शेर्पा, सोनाम शेर्पा, मिङ्मातेञ्जिङ शेर्पा, कर्मा शेर्पा, थुक्तेन शेर्पा लगायत हुनुहुन्छ ।

यसअघि प्रवेश गर्नेमा कीर्तिमानी आरोही मिङ्मा शेर्पा, पासाङ तेन्जी शेर्पा, लाक्पा शेर्पा, छिङदोर्ची शेर्पा, लाक्पा ओङ्दी शेर्पा, प्रदीपकुमार लिंथेप, ज्योतिप्रकाश राईलगायत हुनुहुन्छ ।

लोकतान्त्रिक पर्वतारोही तथा पर्वतारोहण समुदायले आयोजना गरेको उक्त कार्यक्रमको संयोजन अन्तर्राष्ट्रिय पर्वतारोही सङ्घका वरिष्ठ उपाध्यक्ष आङ्छिरिङ शेर्पाले गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्