‘इलाम हाम्रो चियाबारी राम्रो’ गीतको म्युजिक भिडियो सार्वजनिक – Janadesh Daily | ePaper

‘इलाम हाम्रो चियाबारी राम्रो’ गीतको म्युजिक भिडियो सार्वजनिक


kanyam tea garden Ilam Nepal - YouTube

जनादेशइलाम

पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्द रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

इलामको सेरोफेरोलाई समेटेर पूर्वप्रधानमन्त्री खनालले रचना गर्नुभएको ‘इलाम हाम्रो चियाबारी राम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

इलामका बिभिन्न पर्यटकीय र प्राकृतिक ठाउँको वर्णन गरिएको सो गीतमा चर्चित गायक यम बरालको स्वर रहेको छ । मिलन तिमल्सिनाको सङ्गीत रहेको उक्त गीतको एरेन्ज दिनेश राजवाहकले गर्नुभएको छ ।

द पेक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत डाइनामिक मल्टीमिडियाको व्यानरमा निर्माण गरिएको छ । गीतको निर्देशन राज केसीले गर्नुभएको छ ।

इलामको सन्दकपुर, माईपोखरी, कन्याम, अन्तु, इलाम चिया बगानजस्ता क्षेत्र समेटिएको गीतको भिडियोमा कृष्ण भट्टराई, प्रमोद रावल, अविषेक गुरुङ, कपिल बुढाथोकी, सन्तोष लोहार, मुकेश घतानी, पूर्णिमा थामी र आरोही श्रेष्ठले अभिनय गरेका छन् ।

नरेश ऐरको छायाङ्कनमा निर्माण गरिएको गीतको सम्पादन प्रकाश एसकेले गर्नुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्