एजेन्सी ।
स्पेनिस ला लिगाको साविक विजेता रियल मड्रिड शनिबारको खेलमा भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।
भिल्लाको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले बराबरीमा चित्त बुझाएको हो । खेलको दोस्रो मिनेटमा मारीयानो डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७६ औं मिनेटमा जेरार्ड मोरेनोले पेनाल्टीमा गोल गर्दै भिल्लालाई १-१ गोलको बराबरीमा ल्याए । रियलका गोलकिपर थिबाउट कोर्टुवाले आफ्नो डिबक्स भित्र स्यामुएललाई फाउल गर्दै लडाएपछि भिल्लाले पेनाल्टी पाएको थियो । जसमा मोरेनोले सहजै गोल गरे ।
यस बराबरीसँगै रियलले शीर्ष दुईमा उक्लने मौका गुमाएको छ । रियलले ८ खेलमा १६ अंक जोडेको छ । रियल तालिकाको चौंथो स्थानमा रहेको छ ।