इद पर्व मनाउने क्रममा सरलता अपनाउन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह – Janadesh Daily | ePaper

इद पर्व मनाउने क्रममा सरलता अपनाउन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह


इस्लामावाद

(रासस/एएफपी) ः पाकिस्तानी प्रधानमन्त्री इमरान खानले इदमा कोरोना भाइरसबाट बच्न सरलता अपनाउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री खानले शुक्रबार सो आग्रह गर्नुभएको हो । मुस्लिम समुदायको महान पर्व इदको समयमा हुने भीडभाडका साथै अरु पनि सम्भावित जोखिमबाट बच्नका लागि उहाँले पाकिस्तानका सबै देशबासीलाई आग्रह गर्नुभएको हो ।

उहाँले इदको समयमा यो भाइरसबाट बच्नका लागि यहाँका नागरिकले सरलता अपनाउनुपर्ने, बढी भीडभाड र तडक भडक गर्न नहुने भन्दै सबै पाकिस्तानी जनतालाई यसका लागि आग्रह गर्नुभएको हो ।

उहाँले गत मे महिनामा मनाइएको रामजानका बेलामा धेरै नागरिकले मुखमा मास्क पनि नलगाएका र निकै ठूलो संख्यामा भीडभाडका साथ उपस्थिति हुने गरेका भन्दै यसका कारण संक्रमण बढेको तर्फ सबैले सोच्नुपर्ने बताउनुभयो ।

त्यसैले आगामी इद पर्वका बेलामा पनि सबै नागरिकले सामान्य जीवन शैली र सरलताका माध्यमबाट पर्व मनाउने तर्फ लाग्नुपर्नेमा आग्रह गर्नुभएको सो समाचारमा उल्लेख गरिएको छ ।

पकिस्तानमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको पाइएको छ । त्यस कारण पनि विश्व स्वास्थ्य संगठनले पाकिस्तानमा नयाँ ढंगको लकडाउन नै अपनाउनुपर्ने सुझाव पनि यसअघि देखि नै दिँदै आएको बताइएको छ ।

यसै क्रममा पाकिस्तानका प्रधानमन्त्री खानले पनि शुक्रबार सो आग्रह गर्नुभएको बताइएको छ । विश्व स्वास्थ्य संगठनले साउदी अरेयिबा, इरान, इराक, पाकिस्तानमा यस्तो बढ्दो अवस्था देखिएको भन्दै ती देशहरुमा लकडाउन गर्नुपर्ने अवस्था पनि आउन सक्ने बताएको हो ।

ती देशहरुमा मृत्युको दर पनि बढ्दै गएको देखिएको छ । ती देशहरुमा कोरोनाका संक्रमितमध्येका व्यक्तिहरुको मृत्यु दर पनि पहिलो हप्ताको तुलनामा यस हप्ता १३ प्रतिशतले बृद्धि भएको पाइएको सो संगठनले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्