ट्रम्पको असहयोगकाबीच अमेरिकामा नयाँ सरकार गठन प्रक्रिया सुरु – Janadesh Daily | ePaper

ट्रम्पको असहयोगकाबीच अमेरिकामा नयाँ सरकार गठन प्रक्रिया सुरु


एजेन्सी ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी पराजय अस्वीकार गरिरहेको भएपनि अमेरिकामा नयाँ सरकारको गठन प्रक्रिया सुरु भएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले मंगलबार आफ्नो मन्त्रीमण्डलको घोषणा गर्ने भएका छन् ।

बाइडेनले यसअघि नै वित्तमन्त्रीको चयन गरिसकेका छन् । ट्रम्पका पर्यवेक्षकहरुले थुप्रै ठाउँहरुमा मतगणना रोक्न प्रयास गरेपनि सफलता हात लागेको छैन ।

वाइडेनले आफ्नो प्रशासनमा अमेरिकाका सबै वर्गलाई उचित प्रतिनिधित्व गर्ने वाचा गरेका छन् । गत हप्ता उनले भनेका थिए कि त्यस्ता व्यक्तिलाई मात्र मन्त्रिपरिषदमा समावेश गरिनेछ, जुन डेमोक्र्याटिक पार्टी लगायत सबैलाई स्वीकार्य हुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्