भारत र पाकिस्तानको सीमामा भेटियो सुरुङ, आतंकवादीले प्रयोग गरेको आशंका – Janadesh Daily | ePaper

भारत र पाकिस्तानको सीमामा भेटियो सुरुङ, आतंकवादीले प्रयोग गरेको आशंका


एजेन्सी ।
भारत र पाकिस्तानबीचको सीमामा १५० मिटर लामो सुरुङ भेटिएको छ । जम्मु काश्मिरको सांबा जिल्लामा उक्त सुरुङ भेटिएको हो ।

भारतीय बिएसएफका जवानहरुले गस्ती गर्ने क्रममा सीमामा १७९ नम्बर पिल्लरको छेउमा उक्त सुरु भेटेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बिएसएफका आइजी एनएस जामवालका अनुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्र सुरुङ भेटिनुले स्पष्ट पार्छ कि पाकिस्तानी सेनाले आतंकवादीहरुलाई मद्दत गरिरहेका छन् ।

उनले बिहीबार भएको नगरोटाको भीडन्तका क्रममा उनीहरुले यो सुरुङ प्रयोग गरेका हुनसक्ने बताएका छन् । नगरोटाको भीडन्तमा ४ जनाको मृत्यु भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्