कोरोना महामारीः विश्वमा हिजो एक दिनमै थपिए ६ लाख संक्रमित, थप ९ हजारको मृत्यु – Janadesh Daily | ePaper

कोरोना महामारीः विश्वमा हिजो एक दिनमै थपिए ६ लाख संक्रमित, थप ९ हजारको मृत्यु


एजेन्सी ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ४ हजार ९४३ जना कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख ८२ हजार १८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार २३७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ७७ हजार ३९५ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार २३७ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ७७ हजार ३९५ पुगेको छ ।

भारतमा ९१ लाख संक्रमित
भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४४ हजार ४०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९१ लाख ४० हजार ३१२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८५ लाख ६१ हजार ४४४ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५१० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ७७३ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्