चुनाव हारेपछि झन् झन् एक्लिँदै ट्रम्प – Janadesh Daily | ePaper

चुनाव हारेपछि झन् झन् एक्लिँदै ट्रम्प


एजेन्सी ।
बैधानिकरुपमा चुनावमा भएको पराजय अस्वीकार गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विस्तारै एक्लिँदै गएका छन् ।

चुनावी प्रणाली र देशकै विश्वसनीयतालाई संकटमा पारेका ट्रम्पले सहयोगीहरुको साथ गुमाउन थालेका हुन् ।

प्रमुख सहयोगी तथा समर्थकले नोभेम्बर ३ मा भएको चुनावमा बेहोरेको हार स्वीकार गर्न सुझाव दिएपनि ट्रम्पले मानेका छैनन् ।

यसैबीच न्यूजर्सीका पूर्व गर्भनर तथा ट्रम्पका सर्मथक क्रिस क्रिष्टीले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनाव जितेको र उनीसँग बेहोरेको हार स्वीकार गर्न ट्रम्पलाई सुझाव दिएका हुन् ।

राष्ट्रपति ट्रम्पको कानूनी समूहले नतिजा उल्ट्याउनका लागि गरेका प्रमाण बिहीन प्रयासहरु ‘राष्ट्रिय लज्जा’ रहेको क्रिसले बताएका छन् ।

प्रमुख रिपब्लिकन नेताहरुले ट्रम्पलाई हार स्वीकार गर्न र शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको प्रक्रियामा लाग्न सुझाव दिएका छन् । यसरी ट्रम्पको विपक्षमा उभिने रिपब्लिकनहरुको संख्या बढ्दै गएको छ ।

अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई एक कार्यकालमा सीमित गर्ने गरि पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्