कोरोना जितेका असमका पूर्वमुख्यमन्त्री तरुण गोगोइको निधन – Janadesh Daily | ePaper

कोरोना जितेका असमका पूर्वमुख्यमन्त्री तरुण गोगोइको निधन


एजेन्सी ।

भारतको असमका पूर्वमुख्यमन्त्री तरुण गोगोईको मृत्यु भएको छ । काँग्रेसका नेता गोगईको सोमबार दिउँसो मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

८६ वर्षीय गोगाई गत महिना कोरोना संक्रमणपछि निको भएका थिए । तर पछि उनी विभिन्न रोगबाट ग्रसित थिए । असमका स्वास्थ्यमन्त्री हेमन्त विश्व शर्माले उनको निधनको पुष्टि गरेका छन् । शर्माका अनुसार गोगोईको सोमबार दिउँसो ५ बजेर ३४ मिनेट जाँदा मृत्यु भएको हो ।

गोगईको शव मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि शंकरदेव कला क्षेत्रमा राखिने जनाइएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ ।

गोगोई ३ पटकसम्म असमको मुख्यमन्त्री भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले एक लोकप्रिय र कुशल प्रशासनको गुण भएका नेताको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्