विश्वमा एकैदिन थपिए साढे ५ लाख कोरोना संक्रमित, झण्डै ८ हजार जनाको मृत्यु – Janadesh Daily | ePaper

विश्वमा एकैदिन थपिए साढे ५ लाख कोरोना संक्रमित, झण्डै ८ हजार जनाको मृत्यु


एजेन्सी ।

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४२ हजार ७५७ जना कोरोना संक्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ८४ लाख २५ हजार ६८१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ८२५ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ८५ हजार २१८ जनाको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ८५ हजार २१८ पुगेको छ ।

अमेरिकामा २ लाख ५३ हजार संक्रमितको मृत्यु
अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १९ लाख ७२ हजार ५५६ पुगेको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ ।

भारतमा १ लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४७८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार २५१ पुगेको हो ।

भारतमा १ लाख ३४ हजार संक्रमितको मृत्यु

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ३७ हजार ३२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९१ लाख ७७ हजार ६४१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ३ हजार ४६३ जना संक्रमणमुक्त भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्