बेवारिसे शव व्यवस्थापनमा संलग्न सपना विश्वका सय प्रभावशाली महिलाको सूचीमा – Janadesh Daily | ePaper

बेवारिसे शव व्यवस्थापनमा संलग्न सपना विश्वका सय प्रभावशाली महिलाको सूचीमा


जनादेश, काठमाडौँ ।

बेवारिसे शव व्यवस्थापनमा संलग्न नेपालकी सपना रोका मगर बीबीसीको विश्वका एक सय प्रेरणादायी एवम् प्रभावशाली महिलाहरुको सूचीमा परेकी छिन् ।

सपना बीबीसीले यसवर्ष सार्वजनिक गरेको ‘बीबीसी १०० महिला’ को सूचीमा परेकी हुन् । म्याग्दीकी १९ वर्षीया सपना बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन् ।

कलिलो उमेरमा नै उनले तीन सयभन्दा बढी बेवारिसे शवलाई दागबत्ति दिइसकेकी छिन् । बीबीसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी छिन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्