बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोना सङ्क्रमण – Janadesh Daily | ePaper

बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोना सङ्क्रमण


मेक्सिको सिटी ।

 बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उहाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको जानकारी दिएको हो ।

प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बस्नु भएको छ, प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

कार्यालयका अनुसार उहाँ आगामी दुई हप्तासम्म आइसोलेसनमै बस्नु हुनेछ । त्यसपछि उहाँले पुनः परीक्षण गर्नु हुने कार्यालयले जनाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार बेलिजमा अहिलेसम्म पाँच हजार १८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्