बर्दिबास बालिका बलात्कार प्रकरणः प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु – Janadesh Daily | ePaper

बर्दिबास बालिका बलात्कार प्रकरणः प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु


जनादेश, काठमाडौं ।
महोत्तरीमा ६ वर्षीया बालिका बलात्कारपछि हत्याको घटनालाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका एक व्यक्तिको मृत्यु भएको छ ।

बर्दिबासमा मंगलबार गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो ।

उनको उपचारका क्रममा काठमाडौंको एक अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय ६ वर्षीया गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । उनी दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्