कोरोना प्रोटोकल पालना नगरेपछि उत्तर कोरियामा दुई सरकारी अधिकारीलाई मृत्यदण्ड – Janadesh Daily | ePaper

कोरोना प्रोटोकल पालना नगरेपछि उत्तर कोरियामा दुई सरकारी अधिकारीलाई मृत्यदण्ड


एजेन्सी ।

उत्तर कोरियाले कोरोना नियन्त्रणका लागि जारी प्रोटोकल पालना नगर्ने दुई सरकारी अधिकारीलाई मृत्युदण्डको सजाय दिएको छ ।

कोरोना प्रकोपबीच चीनको सीमाबाट सामान निर्यात नगर्ने सरकारको निर्णयविरुद्ध काम गरेको थाहापछि नेता किम जोङ उनले दुई सरकारी अधिकारीहरुलाई मृत्युदण्ड दिन लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हालसम्म एक जनामा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको दाबी गर्दै आएको उत्तर कोरिया कोरोनाविरुद्धको नियम पालना गराउन कडा रणनीति अख्तियार गरिरहेको छ ।

उत्तर कोरियाले विभिन्न क्षेत्रमा लकडाउन कायम राखिराखेको छ भने त्यहाँका नदीहरुमा माछा मार्न पनि प्रतिबन्ध लागेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्