इण्डोनेसियामा ज्वालामुखी विष्फोट, २६ गाउँका वासिन्दा विस्थापित – Janadesh Daily | ePaper

इण्डोनेसियामा ज्वालामुखी विष्फोट, २६ गाउँका वासिन्दा विस्थापित


एजेन्सी ।

इण्डोनेसियाको नुसा तेंगारा प्रान्तको इली लेभेतस्थित ज्वालामुखी विष्फोट भएको छ ।

ज्वालमुखी विस्फोटका कारण २६ गाउँका २ हजार ७ सय ६० जना वासिन्दा विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विस्फोटमा कोही हताहत भएको जानकारी प्राप्त नभएको समाचारमा जनाइएको छ ।

ज्वालामुखी विस्फोटपछि ४ किलोमिटर उचाइसम्म धुवाँ र खरानीको मुस्लो देखिएको थियो। ज्वालामुखी विस्फोटपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन जारी गरिएको छ। तत्काललाई हवाइ उडान बन्द गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्