ठेक्का टेण्डरको अनियमितताप्रति ध्यानाकर्षण – Janadesh Daily | ePaper

ठेक्का टेण्डरको अनियमितताप्रति ध्यानाकर्षण


गण्डकी :

नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको शनिबार बसेको बैठकमा विभिन्न सञ्चार माध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे उल्लेख भएको भन्दै यसप्रति ध्यानाकर्षण भएको प्रवक्ता नवीन सिग्देलले बताउनुभयो । कास्की काँग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिकाका सभापतिसहितको संयुक्त बैठकमा पोखरा महानगरपालिकाका राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अभद्र व्यवहारप्रति पनि ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । टेण्डरसम्बन्धी अनियमितता र राष्ट्र सेवक कर्मचारी माथिको अभद्र व्यवहारबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न बैठकले माग गरेको प्रवक्ता सिग्देलले बताउनुभयो । बैठकले ३८ औँ वीपी स्मृति दिवसमा साउन ६ गते पोखरा २६ पैतेडाँडाका बाढिपहिरो पीडित परिवारलाई राहत वितरण गर्ने, वृक्षरोपण गर्ने र विगतका वर्षमा रोपिएका बिरुवाको गोडमेल गर्ने निर्णय गरेको छ । बैठकले नेपाली काँग्रेसका नेता मेजर दीपकबहादुर गुरुङको निधन भएकोमा दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्