कोरोना महामारीः संसारमा एकैदिन झण्डै ६ लाख संक्रमित थपिँदा ११ हजारको मृत्यु – Janadesh Daily | ePaper

कोरोना महामारीः संसारमा एकैदिन झण्डै ६ लाख संक्रमित थपिँदा ११ हजारको मृत्यु


एजेन्सी ।

विश्वमा गत चौबीस घण्टामा झण्डै ६ लाख कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा १ लाख ८२ हजार भन्दा बढी संक्रमित थपिएको यो अवधिमा विश्वभर गरी ५ लाख ७६ हजार संक्रमित थपिएका हुन् ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ६९ हजार ९९६ पुगेको छ । गत चौबीस घण्टामा विश्वभर ११ हजार भन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाएका छन् । संसारमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ८५ हजार ६७२ पुगेको छ ।

१ करोड ८२ लाख ५६ हजार २०२ जनामा सक्रिय संक्रमण छ । संक्रमित १ लाख ५ हजार ६८७ जनाको अवस्था गम्भीर छ ।

संक्रमित ४ करोड ४४ लाख २८ हजार १२२ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रिमत संख्या १ करोड ४१ लाख ३ हजार ९६८ पुगेको छ । एकै दिन १ लाख ७७ हजार ६५० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म २ लाख ७६ हजार ९२६ जनाको मृत्यु भएको छ ।

भारतमा ३४ हजार संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ ।

भारतमा कुल संक्रमित संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ। तीमध्ये हालसम्म एक लाख ३८ हजार १५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्