जनादेश, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक एक घण्टा पछाडि सरेको छ । बैठक बुधबार दिउँसो २ बजे बस्ने जनाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको औचित्य नभएको भन्दै आफू सहभागी नुहने बताएका थिए । बालुवाटारमा भएको ओली पक्षीय छलफलले भने बैठकमा सहभागी हुनु पर्ने निष्कर्ष निकालेपछि उनी बैठकमा सहभागी हुन राजी भएको बताइएको छ । आजको बैठकमा ओली र प्रचण्डको छुट्टाछुट्टै प्रस्तावमाथि छलफल हुनेछ ।