ठोरीको सीता गुफा नजिकै उखेलेर फालेको सीमा स्तम्भ पुनः गाडियो – Janadesh Daily | ePaper

ठोरीको सीता गुफा नजिकै उखेलेर फालेको सीमा स्तम्भ पुनः गाडियो


जनादेश, पर्सा ।

पर्साको ठोरी गाँउपालिका– २ स्थित सीता गुफा नजिकै अज्ञात समूहले उखेलेर फालेको नेपाल भारत सीमास्तम्भ पुनः गाडिएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, ठोरी गाँउपालिकाका जनप्रतिनिधीलगाएत भारतीय सुरक्षाकर्मीहरुको उपस्थितिमा गएराति ९ बजे सीमास्तम्भ गाडिएको हो । ४३६ नम्बरको पिल्लर गाडिएको स्थानभन्दा ५ मिटर भारततर्फको भुभागमा उखेलेर फालिएको थियोे ।

प्रधामन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म ठोरीमा भएका अभिव्यक्ति दिए लगत्तै भारतमा चर्को आलोचना भएको थियो । यस्तै, ठोरीवासीले भने त्यहाँ उत्खनन हुनुपर्ने जनाउँदै धन्यवाद ज्ञापन गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्