जनादेश, काठमाडौँ ।
नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको हो । तनहुँ घटनाबारे छलफल गर्न बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाइएको छ ।
गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न जानुभएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । बुधबार तनाव उत्पन्न भएपछि बिहीबार मात्र पौडेलले व्यास नगरपालिकामा निर्माण गरिएको पुल उदघाटन गरेका थिए ।
संघीय सरकारलाई जानकारी नै नदिई उद्घाटन गर्न लागिएको भन्दै नेकपा कार्यकर्ताले विरोध जनाएका थिए । सोही दिन विज्ञप्तिमार्फत् सभापति देउवाले घटनाको विरोध गर्दै देशव्यापी प्रतिरोध गर्ने जनाएका थिए । कांग्रेसले सरकार सर्वसत्तावादउन्मुख भएको भन्दै आपत्ति जनाएको थियो ।