ट्वान्टी–२० मा भारतद्वारा अस्ट्रेलिया११ रनले पराजित – Janadesh Daily | ePaper

ट्वान्टी–२० मा भारतद्वारा अस्ट्रेलिया११ रनले पराजित


क्यानबेरा । भारतले पहिलो ट्वान्टी–२० मा शुक्रबार अस्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । यससँगै भारतले तीन ट्वान्टी–२० को शृंखलामा १–० को अग्रता पनि लिएको छ ।

टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय ६१ रन बनायो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले सर्वाधिक ५१ रन बनाए ।

त्यसयता रविन्द्र जडेजाले खेलको अन्त्यतिर ४४ रन बनाए । जवाफमा अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो । कप्तान एरोन फिन्चले बनाएको ३५ रनले नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्