एजेन्सी ।
वैज्ञानिकहरुले पहिलो पटक अन्तरिक्षमा मूला फलाएका छन् । प्लान्ट हेबिटेट–०२ भनिएको यो परियोजना अन्तर्गत स्पेस स्टेशनमा फलाउनका लागि मूला चयन भएको थियो ।
यहाँ फलाइएको मूलामा पोषक तत्व पनि छन् र यो खान लायक पनि छ ।अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेको नासाले ट्वीटरमा जानकारी दिएको छ ।
सन् २०२१ मा धर्तीमा ल्याइनेछ । केटले २० वटा मूलालाई प्याक गरेर सन् २०२१ मा पृथ्वीमा ल्याउनका लागि कोल्ड स्टोरेजमा राखेकी छिन् ।
इन्टरनेशनल स्पेस स्टेशनको ट्वीटरमा दिइएको जानकारी अनुसार अध्ययनका लागि मूला प्रयोग गर्नुको कारण यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो तीब्र गतीमा फल्ने गर्छ ।
मूला फलाउन धेरै हेरविचारको पनि आवश्यकता पर्दैन । अन्तरिक्षमा फलाइएको मूलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा फलाइएको मूलासँग गरिनेछ ।