ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो (नामावली सहित) – Janadesh Daily | ePaper

ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो (नामावली सहित)


बासुदेब गिरी प्यूठान ।

गएराती प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारीको धरम्पानीबाट भिंगृ आउँदै गरेको ट्याक्टर नगरपालिका वडा नं. ३ रुमालेमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा रोल्पाका रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षिय सागर वस्नेत, २४ वर्षिय रिम वहादुर वस्नेत, १९ वर्षिय विरेन्द्र वाठा मगर, १९ वर्षिय थमन वाठा मगर,े गोर्वधन वुढामगर, २५ वर्षिय कविराम वस्नेत रहेका छन् ।

त्यस्तै ट्याक्टर चालक त्रिवेणि गाउँपालिका निवासी अन्दाजी २५ वर्षिय कमल कुवरको पनि मृत्यु भएको प्यूठान प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक विष्णु पौडेलले जानकारी दिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्