गल्याङद्वारा पशुपालनका लागि रु एक करोड अनुदान – Janadesh Daily | ePaper

गल्याङद्वारा पशुपालनका लागि रु एक करोड अनुदान


स्याङ्जा, (रासस) ः

गल्याङ नगरपालिकाले पशुपालनका क्षेत्रमा रु एक करोड अनुदान वितरण गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेटबाट नगरपालिकामा पशुपालन गर्दै आएका कृषकलाई अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगपालिकाका प्रमुख भूपराज अधिकारीले किसानलाई कामका आधारमा अनुदान दिएर कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजनानुसार नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेका अनुसार प्रतिलिटर रु १५ का दरले ४८ लाख र गाईभैँसीका लागि रु ७५ लाख अनुदानस्वरुप वितरण गरिएको छ ।

पशु शाखा प्रमुख सुशील अर्यालले चार सयभन्दा बढी घर परिवारले दूधमा प्रतिलिटर रु १५ का दरले अनुदान पाएको जानकारी दिनुभयो ।

यसैगरी पशुधन बीमा कार्यक्रमअन्तर्गत दुई हजार तीन सय परिवार लाभान्वित भएको र रु १० लाख अनुदानस्वरुप वितरण गरिएको छ ।

बङ्गुरपालन, बाख्रापालन, घाँस खेती, दूध सङ्कलनका साथै क्षमता विस्तारका लागिसमेत अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्