कोरोना प्रभावित कृषकलाई चार महिनाको ब्याज अनुदान – Janadesh Daily | ePaper

कोरोना प्रभावित कृषकलाई चार महिनाको ब्याज अनुदान


Nepali Rupee (NPR) At 'All Time Low' Plunges To 122.61 vs USD

जनकपुरधाम, (रासस)ः

प्रदेश नं २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप चार महिनाको ब्याज अनुदान प्रदान गरेको छ ।

ऋणी कृषकलाई राहतस्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार सरकारद्वारा सो अनुदान दिइएको हो ।

सो नीतिअनुरूप जिल्लाका ६ हजार ७८१ कृषकलाई जनकपुरधाममा राहत अनुदान प्रदान गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले वित्तीय संस्थालाई शनिबार कृषकको अनुदान रकमको चेक हस्तान्तरण गर्दै कोरोना प्रभावित प्रदेशका आठ जिल्लाका ८० हजार कृषकलाई राहतस्वरूप ब्याज अनुदान दिइने योजना रहेको बताउनुभयो ।

पहिलो चरणमा ५० हजार कृषकलाई राहत ब्याज अनुदान प्रदान गरिने जनाइएको छ ।

यसअघि सरकारद्वारा महोत्तरी जिल्लाका ६ हजार ६ सय कृषकलाई राहत ब्याज अनुदान प्रदान गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्