बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरी १६ जना मात्र भेटिए – Janadesh Daily | ePaper

बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरी १६ जना मात्र भेटिए


जनादेश, काठमाण्डौ ।

चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अन्ुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन ।

“पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ सङ्क्रमित भेटिएका छैनन् भने शनिबार १३ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्,” एक अधिकारीले भने ।

यसैबीच चीनमा देशभरी पछिल्लो२४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् ।

तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् ।

जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरी अहिलेसम्म छ लाख एक हजार ४५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्