आफ्नै भान्जालाई अपहरण गरी हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ – Janadesh Daily | ePaper

आफ्नै भान्जालाई अपहरण गरी हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ


जनादेश, काठमाडौँ ।

१३ वर्षअघि आफ्नै ११ वर्षीया भाञ्जाको अपहरणपछि हत्या गरेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका ४५ वर्षीय राजेशकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ । फरार रहेका राजेशलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सर्लाही मलंगवा–८ बाट शनिबार पक्राउ गरेको हो । राजेशले २०६४ असोज २४ गते भारत सितामणि घर भई काठमाडौं–२२ खिचापोखरी बस्ने बासुदेव गुप्ताका छोरा रोहित गुप्ताको अपहरण गरी हत्या गरेका थिए ।

अपहरणमा परेका बालकका बुबाले फिरौती बापत दुई लाख रुपैया समेत बुझाएका थिए । घटनाको अनुसन्धान गर्दै जादा उक्त अपहरणकारी ती बालकका आफ्नै मामा रहेको खुलेको थियो । बालकको शव पुस २७ गते काठमाडौं–३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटीमा प्लास्टिकको बोरामा फालेको अवस्थामा भेटिएको थियो।

गुप्ताले आफ्नै पसलमा काम गर्ने धादिङका विष्णु सुनारको संलग्नतामा बालकको हत्या गरेको खुलेको छ । सुनारभने घटनाको दुुई महिनापछि पक्राउ परेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्