बेँसीशहर–चामे सडक अवरुद्ध – Janadesh Daily | ePaper

बेँसीशहर–चामे सडक अवरुद्ध


लमजुङ, रासस

जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ ।

शनिबार रातिदेखि परेको वर्षाले आज बिहान पहिरो जाँदा सो स्थानमा सडक अवरुद्ध भएको हो ।

लमजुङ –मनाङको एक मात्र यस सडकखण्डको च्याम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जिनीयर सुमन अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार सो स्थानमा सडक माथिबाट पहिरो खस्दा करीब २० मिटर सडक अवरुद्ध भएको छ । ठूल्ठूला ढङ्गासहितको पहिरो पन्छाउन समय लाग्ने उहाँको भनाइ छ ।

सो पहिरो एक्साभेटरले हटाउने तयारी भएको र समय लाग्ने भएको छ । सो स्थानबाहेक सडकखण्डअन्तर्गत गाउँपालिकाको रामबजारमा समेत गएको पहिरो भने हटाइसकेको छ ।

अन्य स्थानमा समेत सानासाना पहिरो गएको र सवारीसाधन सञ्चालन हुन सक्ने भए पनि च्याम्चेको पहिराले सञ्चालन हुन नसकेको इ अधिकारीले बताउनुभयो ।

पैँसठ्ठी किमीको सो सडक दैनिकजसो अवरुद्ध हुँदै खुल्दै आएको छ । बेँसीशहरस्थित तत्कालीन कार्यदल नेपाली सेनाले २०६९ सालमा सो सडकको निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेयता सवारीसाधन सञ्चालन हुँदै आएको छ ।

हालसम्म पनि गुणस्तरीय सडक हुन नसक्दा वर्षेनी वर्षायाममा सडक अवरुद्ध र बिग्रिने गर्नाले सवारी साधनदेखि यात्रुलाई समस्या हुँदै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्