एजेन्सी ।
विश्वमा कोरोना भाइरसको संक्रमणदर झनै बढिरहेको छ । चिसो मौसम सुरु भययता बढेको संक्रमण दर घट्ने कुनै संकेत देखिएको छ ।
गत २४ घण्टामा विश्वमा थप ५ लाख ७८ हजार ६ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ ।
२४ घण्टामा ११ हजार ६४१ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ६२ हजार २५ पुगेको छ ।
अहिले १ करोड ९५ लाख ३६ हजार ९५ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । अहिलेसम्म ४ करोड ७४ लाख ४५ हजार ९५५ जनाले कोरोनालाई जितेका छन् ।
सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५५ लाख ८७ हजार ७४ पुगेको छ । अहिलेसम्म २ लाख ९३ हजार ३५८ जनाको मृत्यु भएको छ।
त्यस्तै भारतमा चौबीस घण्टामा ३२ हजार संक्रमित थपिँदा ४ सय भन्दा बढीको मृत्यु भएको छ ।
ब्राजिलमा यही अवधिमा ४७ हजार विरामी थपिएका छन् भने ७ सय भन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।