सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त होः मन्त्री गुरुङ – Janadesh Daily | ePaper

सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त होः मन्त्री गुरुङ


काठमाडौँ ।

सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले मानवाधिकार सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको बताउनुभएको छ । बहत्तरौँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आज आयोजित ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले मानवाधिकार हनन नहुने गरी जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो, त्यसलाई प्रभावकारी रुपमा अघि बढाउन मानवअधिकारकर्मी र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुन्छ ।” अर्को प्रसङ्गमा सरकारका प्रवक्ता गुरुङले खोपको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागिपरेको जानकारी दिनुभयो ।

मन्त्री गुुरुङले जनतालाई निराश हुन नदिन तथा उनीहरुलाई राष्ट्र निर्माणका अभियानमा सम्पूर्ण रुपले सहभागी गराउन सरकारले पहल गरिरहेको बताउँदै त्यस अभियानमा मानवाधिकारकर्मीको साथ र सहयोग सदैव रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्