कोरोना महाव्याधिः हिजो थपिए झण्डै साढे ६ लाख संक्रमित, खोपको लहर बढ्दै – Janadesh Daily | ePaper

कोरोना महाव्याधिः हिजो थपिए झण्डै साढे ६ लाख संक्रमित, खोपको लहर बढ्दै


एजेन्सी ।

विश्वका विभिन्न देशमा चिसो मौसम सुरु भएसँगै कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि भैरहेको छ । मृत्यु हुनेको संख्या पनि बढ्दै छ ।

केही देशमा खोपको प्रयोग सुरु भएपनि संक्रमित र मृतक बढिरहेका छन् । विश्वमा हिजो बुधबार एकैदिन ६ लाख ३५ हजार १०८ कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्‍वमा कोरोना संक्रमितको संख्या ६ करोड ९२ लाख ५ हजार ७२१ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ लाख ७४ हजार ७०४ पुगेको छ । गत २४ घण्टामा १२ हजार १४२ जना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

विश्वमा अहिलेसम्म ४ करोड ७९ लाख ४६ हजार ४५४ जना संक्रमणमुक्त भएका छन्। हाल विश्वमा १ करोड ९६ लाख ८३ हजार ५६३ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार २२१ जना गम्भीर बिरामी छन्।

खोपको लहर सुरु
विश्वमा कोरोना खोपको प्रयोग पनि बढ्दै गएको छ । बेलायतपछि क्यानडाले पनि अमेरिकी कम्पनी फाइजरले बनाएको कोरोनाविरुद्ध खोप प्रयोगका लागि अनुमति दिएको छ।

क्यानडाको स्वास्थ्य नियामक निकायले फाइजर–बायोएनटेकले संयुक्त रूपमा बनाएको खोपलाई अनुमोदन गरेको हो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अब यसै महिना देशमा २ लाख ४९ हजार डोज खोप उपलब्ध हुने बताएका छन्।

यसअघि फाइजरको खोपलाई सबैभन्दा पहिले बेलायतले आफ्नो देशमा प्रयोगका लागि अनुमति दिइसकेको छ। जहाँ मंगलबारदेखि लगाउन पनि सुरु भइसकेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्