७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या, अभियुक्त पक्राउ – Janadesh Daily | ePaper

७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या, अभियुक्त पक्राउ


झापा ।

झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो ।

प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको जनाएको छ । अभियुक्त बिर्जाले नै आज बिहान प्रहरीलाई चारआलीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको शव रहेको जानकारी दिएका थिए ।

प्रहरीले शङ्का लागी केरकार गर्दा बिर्जा आफैले बुधबार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको जनाइएको छ । बुधबार राति ९ बजेतिर चारआली चोकबाट फकाइफुल्याई राजमार्गको कल्भर्टमुनि लगी बलात्कार गरेर घाँटी थिची हत्या गरेको अभियुक्तले बयान दिएको सूचना अधिकारी थापाले बताउनुभयो । घटनास्थलमा पुगी प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्