ज्वारचनले लिइन् सांसद पदको शपथ – Janadesh Daily | ePaper

ज्वारचनले लिइन् सांसद पदको शपथ


जनादेश, काठमाण्डौ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पार्टीबाट रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज ज्वारचनलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि कांग्रेसकोतर्फबाट समानुपातिक सांसदको एक पद रिक्त थियो ।

बाग्लुङबाट प्रतितिनिधित्व गर्ने छन्त्यालको असार १७ गते निधन भएको थियो ।

छन्त्यालको निधन भएपछि समानुपातिक सूचीमा उहाँको पछि नाम रहेकी गुल्मीका ज्वारचन सांसद बन्नुभएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्