काठमाडौंमा हुस्सु, हिमपातदेखि हल्का वर्षासम्म यस्तो छ मौसमी अनुमान – Janadesh Daily | ePaper

काठमाडौंमा हुस्सु, हिमपातदेखि हल्का वर्षासम्म यस्तो छ मौसमी अनुमान


जनादेश, अपडेट ।

आज विहान काठमाडौंमा हुस्सु लागेको छ । आज मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात र प्रदेश १ का पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको मौसमविदले बताएका छन्।

शुक्रबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले बिहान प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागहरुमा आंशिक बदली रहेको छ ।

 

पश्चिमी वायुको न्युन चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसमविदले बताएका छन्। साथै दक्षिणपूर्वी अरेबियन सागरबाट प्रशस्त मात्रामा जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको मौसमविद्ले बताएका छन्।

जसको प्रभावले तराईमा अहिले कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जनादेशलाई जानकारी दिइन्।यही प्रभावले काठमाडौंमा विहानै हुस्सु लागेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्