जनादेश, काठमाडौं ।
क्रिकेटर पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
खड्काले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् । उनले आफूलाई दुई दिनदेखि ज्वरोसहितका लक्षण देखिएको बताउँदै परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताएका छन् । ‘आज बिहान मलाई कोरोना पुष्टि भएको छु, उनले भनेका छन्, अहिले म चिकित्सकहरुको निर्देशन अनुसार आवश्यक स्वास्थ्य मापदण्डसहित होम आइसोलेसनमा रहेको छु ,’ उनले लेखेका छन् ।
कोरोना संक्रमणका कारण उनी चितवनमा हुन लागेको गौतम बुद्ध क्रिकेट म्याचमा पनि उनी सहभागी हुन नपाउने भएका छन्।