यूएईद्वारा मंगल ग्रहमा पहिलो ऐतिहासिक यान प्रक्षेपण – Janadesh Daily | ePaper

यूएईद्वारा मंगल ग्रहमा पहिलो ऐतिहासिक यान प्रक्षेपण


एजेन्सी ।

संयुक्त अरब इमिरेट्‌सले (यूएई) ले मंगल ग्रहमा पहिलो ऐतिहासिक यान प्रक्षेपण गरेको छ ।

जापानस्थित तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत होप नामक उक्त यानले करिब ५० करोड किलोमिटर दूरी तय गरेपछि मंगल ग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ । सन् २०२१ को फेब्रुअरी अर्थात यूएई स्थापनाको ५० औ वार्षिकोत्सवमा होप यान मंग्रल ग्रह पुग्‍ने जनाइएको छ ।

यसअघि प्रक्षेपण गरिएकाका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित भएका थिए । यो भूउपग्रह मंगल ग्रहमा पुगेपछि ग्रहको वातावरणबारे विवरणहरू खुल्ने जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्