पूर्वमाओवादीसँग लाप्पा खेल्दै ओली, ओलीले राजीनामा मागेपछि देव गुरुङको जवाफ: तपाइँले भन्दैमा दिन्न – Janadesh Daily | ePaper

पूर्वमाओवादीसँग लाप्पा खेल्दै ओली, ओलीले राजीनामा मागेपछि देव गुरुङको जवाफ: तपाइँले भन्दैमा दिन्न


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा फुट्ने चर्चा चलिरहँदा पार्टीका तर्फबाट विभिन्न पदमा रहेका व्यक्तिहरुमाथि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले दबाब बढाएका छन् ।

पूर्वमाओवादी पक्षका नेताहरुलाई विशेष टार्गेट गरेर ओलीले बढाएको दबाबलाई उनीहरुले भने अनेदेखा गरिदन थालेका छन् । पार्टीको आन्तरिक विवादमा असन्तुष्ट पक्षतर्फ लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलका मुख्य सचेतक देव गुरुङ राजीनामा गर्न निर्देशन दिएका थिए ।

तर गुरुङले भने आफूलाई पार्टीले उक्त पदमा स्थापित गरेको भन्दै कसैले चाहँदैमा राजीनामा नदिने जवाफ फर्काएको श्रोतले बताएको छ । दुई दिन अघि बालुवाटारमा बोलाएर ओलीले गुरुङलाई राजीनामा दिन निर्देशन दिएपनि गुरुङले प्रधानमन्त्रीको निर्देशन अस्वीकार गरेका हुन् ।

पार्टीले दिएको दायित्व पार्टीले मात्र लिन सक्छ भन्ने गुरुङको जवाफ थियो । गुरुङले पार्टीको हालको अवस्थाबारे अरुले जसरी नै आफूले पनि टिका टिप्पणी गरेको तर मुख्य सचेतकको भूमिका निर्वाहमा कानुन र नियम विपरित नगएकाले राजीनामाको माग असान्दर्भिक भएको जवाफ दिएका थिए।

प्रधानमन्त्रीले एकलौटी गर्न थालेपछि नेकपाभित्रका पूर्व माओवादीले प्रधानमन्त्रीको अवज्ञा गर्न थालेका छन् । मंगलबार विहान बोलाइएको संबैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित रहेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्