पहिरोमा पुरिएर २२ वर्षीय युवकको मृत्यु – Janadesh Daily | ePaper

पहिरोमा पुरिएर २२ वर्षीय युवकको मृत्यु


जनादेश, काठमाडौँ ।

कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित घट्टेखोलामा गएको पहिरोमा पुरिएर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २२ वर्षीय नवराज गुरुङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आइतबार साँझ गएको पहिरोमा पुरिएर गुरुङको ज्यान गएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्