अमलाका धरै फाइदाहरु – Janadesh Daily | ePaper

अमलाका धरै फाइदाहरु


जनादेश, काठमाण्डौ

 

भिटामिन सीको सर्वोत्तम स्रोत मानिने अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ । अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरेको पाइन्छ ।

यसमा गालिक एसिड, टान्निुक एसिड, सेलुलोज, क्याल्सियम, अल्बुमिन जस्ता रसायनिक तत्व पाइन्छ । यसलाई अचार तथा बिभिन्न किसिमका मिठाइहरु बनाउनमा पनि प्रयोग गरिन्छ ।

आउनुस् हेरौं यसका फाइहरु के–के रहेछन् :

१. अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

२. अमलाको सेवनले बुढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।

३. यसको सेवनले शरीरमा भएका विकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ ।

४. अमलाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गराउन मद्दत गर्छ ।

५. यसको नियमित सेवनले त्वचा तथा कपाललाई सुन्दर बनाउन मद्दत गर्छ ।

६. अमलाको सेवन गर्नाले रुघाखोकी निको हुनुका साथै पिसाबसम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्