मेस्सी र रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्की बने फिफा वर्ष खेलाडी – Janadesh Daily | ePaper

मेस्सी र रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्की बने फिफा वर्ष खेलाडी


एजेन्सी ।
यो वर्षको उत्कृष्ट फुटबलरको अवार्ड रोबर्ट लेवान्डोस्कीले जितेका छन् । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै बार्यन म्युनिखका लेवान्डोस्कीले जितेका हुन् ।

स्वीट्जरल्याण्डको ज्यूरिचमा भएको समारोहमा पोल्याण्ड जन्मिएका र जर्मन क्लब बार्यन म्युनिखका लेवान्डोस्कीले वर्ष पुरुष खेलाडीको अवार्ड जितेका हुन् । उनले बार्सिलोनाका लियोनल मेस्सी तथा युभेन्टसका रोनाल्डोलाई पछि पारे ।

३२ वर्षका लेवान्डोस्कीले गएको सिजन ४७ खेलमा ५५ गोल गरेर जर्मन जाइन्टलाई तीन उपाधि दिलाएका थिए । उनी बुण्डेस लिगा, लिग कप तथा च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा सर्वाधिक गोलकर्ता पनि बने ।

यस्तै महिला वर्ष खेलाडीको अवार्ड म्यानचेस्टर सिटीकी लुसी ब्रोन्जीले जितेकी छन् । राष्ट्रिय टिमका कप्तान, प्रमुख प्रशिक्षक, समर्थकले अनलाइन मार्फत गरेका मत तथा २०० खेल पत्रकारको मतका आधारमा विजेताको घोषणा गरिएको हो ।

लेवान्डोस्कीले पहिलो पटक अवार्ड जितेका हुन् । यसअघिका वर्षहरुमा मेस्सी र रोनाल्डोले जित्दै आएका थिए । यो सिजन पनि लेवान्डोस्कीले राम्रो प्रदर्शन गरिरहेका छन्, उनले बार्यनका लागि १४ खेलमा १६ गोल गरिसकेका छन् ।

लेवान्डोस्कीले अवार्ड जित्नु र त्यो अवार्ड मेस्सी र रोनाल्डो जस्तो खेलाडीसँग जोडिएको हुनु ठूलो गर्वको कुरा रहेको बताएका छन् ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्प उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । यस्तै बार्यनका म्यानुएल नूयर उत्कृष्ट गोलरक्षक भ एभने सन हेङ्ग–मिनले गएको सिजन बर्नलीविरुद्ध गरेको गोलले पुस्कास अवार्ड जित्यो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्