बिबिसी मास्टर सेफको फाइनल नजितेपछि सन्तोष साहको भावुक स्ट्याटस् – Janadesh Daily | ePaper

बिबिसी मास्टर सेफको फाइनल नजितेपछि सन्तोष साहको भावुक स्ट्याटस्


जनादेश, काठमाडौं ।
नेपाली सेफ सन्तोष साह बिबिसी मास्टरसेफ यूकेको उत्कृष्ट तीनमा पुगेपनि फाइनल जित्नबाट बञ्चित भएका छन् । फाइनलसम्मको यात्रा तय गरेर नेपाली खानालाई चर्चित गराएका उनले उपाधि जित्न भने सकेनन् ।

फाइनल नजितेपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै साहले बिबिसी जस्तो टेलिभिजनको चर्चित कार्यक्रममार्फत विश्वसामु नेपाली खाना पस्किन पाएकोमा खुशी लागेको उल्लेख गरेका छन् ।

सन्तोषले हरेक चरणमा नेपाली परिकार पस्किएर निर्णायकको मन जितेका थिए । फाइनलमा आफूले सोचे जस्तो गर्न नसकेको सन्तोषले बताएका छन् ।

I’ve always dreamed of one day sharing how beautiful Nepalese cuisine is with the world. It has been a long and amazing…

Posted by Santosh Shah on Thursday, 17 December 2020

 

सन्तोषलाई पछि पार्दै बेलायतका २५ वर्षीय एलेक्स वेब विजेता घोषित भए । ३५ वर्षीय नेपाली सेफ साह सिराहाको कर्जन्हाका बासिन्दा हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्