‘किसानसँग गाउँ सरकार कार्यक्रम’ – Janadesh Daily | ePaper

‘किसानसँग गाउँ सरकार कार्यक्रम’


झिमरुक, (रासस) ः

सरुमारानी गाउँपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ का लागि रु ४१ करोड ३५ लाख ६८ हजार ६०० बराबरको बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले ‘किसानसँग गाउँसरकार कार्यक्रम’ लाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आव ०७५/७६ बाट सञ्चालन गरिएको यो कार्यक्रम निरन्तररुपमा चलिरहेको छ ।

gaupalika - हाम्रो एकता

कार्यक्रम अन्र्तगत अघिल्ला आर्थिक वर्षहरुमा बाख्रापालन, मौरीपालन, केराखेती, धानखेती र अदुवाखेतीका लागि किसानलाई अनुदानका कार्यक्रम सञ्चालन भएका थिए ।

चालू आवमा भने यस कार्यक्रममार्फत कोभिड–१९ का कारण सिर्जित प्रतिकूल अवस्थालाई अवसरका रुपमा लिइ रोजगारी गुमाएका नागरिकको जीविकोपार्जनका लागि कार्यक्रम सञ्चालन गरिने गाउँपालिका

अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । कोरोना सङ्क्रमणका समयमा भारत तथा तेस्रो मुलुकबाट पालिका क्षेत्रभित्र आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने, उनीहरुसँंग छलफल गर्ने, काम गर्न इच्छुक व्यक्तिको प्रस्तावना माग गर्ने, तालिम प्रदान गर्ने र सोहीअनुसार पालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।

यावसायिक कृषि, पशुपालन, माहुरीपालन, बीउ उत्पादनलगायतमा उनीहरुलाई अनुदान दिइने पालिकाले जनाएको छ । पालिकाले चालू आवमा किसानसँग गाउँ सरकारका लागि प्रदेश र गाउँपालिकामार्फत रु एक करोड ४० लाख बजेट विनियोजन गरेको छ ।

यसमार्फत रु ७० लाख वडा नं १ र २ का जनतालाई सिँचाइको सहजताका लागि बाङ्गेशाल सिँचाइ आयोजनाको काम गरिनेछ भने रु ७० लाख रोजगार गुमाएका व्यक्तिलाई स्वरोजगारमा खर्च गरिने गाउँपालिका अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

गाउँपालिकाले ‘किसानसँग गाउँसरकार कार्यक्रम’ का लागि आव ०७६/०७७ मा रु एक करोड र आव ०७५/०७६ मा ५० लाख बजेट विनियोजन गरेको थियो

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्