सिद्धार्थ बैङ्कका पूर्व सञ्चालक सिलवाल पक्राउ – Janadesh Daily | ePaper

सिद्धार्थ बैङ्कका पूर्व सञ्चालक सिलवाल पक्राउ


जनादेश, काठमाण्डौ ।

 सिद्धार्थ बैङ्कका पूर्व सञ्चालक मधुसूदन सिलवाल पक्राउ परेको कुरा अनुसन्धान ब्युरो(सिआइबी)ले जनाएकोछ।

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी सिलवाललाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) को टोलीले आइतबार पक्राउ गरेको हो ।

उनलाई एउटा मुद्दामा दुई वर्ष कैद र ३० लाख धरौटी जफत र अर्कोमा तीन वर्ष कैद र एक करोड रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।

सिलवालमाथि दुई ओटा बैङ्किङ कसुरका मुद्दा दायर भएको ब्युरो स्रोतले जानकारी दिएको छ ।

सिलवालमाथि कमसल धितो कर्जा लिएको अभियोग लागेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्