प्यूठानमाः शव परीक्षणपछि परिवारको जिम्मा – Janadesh Daily | ePaper

प्यूठानमाः शव परीक्षणपछि परिवारको जिम्मा


झिमरुक, (रासस) ः

प्यूठानमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको शव परिवारको जिम्मा लगाइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा शव परीक्षणपछि आज बिहान परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

रोल्पा रुन्टिगढी गाउँपालिका– ५ वाइजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, कविराम बस्नेत, गोवर्धन बुढामगर र ट्र्याक्टर चालक रोल्पाको त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवरको शव परिवारको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।

स्वर्गवारी नगरपालिका–३ रुमालेमा शनिबार राति लु२त ४२३४ नं को ट्र्याक्टर दुर्घटना हँुदा भिङ्ग्री –स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको थियो ।

ट्र्याक्टरमा सवारमध्ये रोल्पा रुन्टिगढी गाउँपालिका –५ का २० वर्षीय विशाल थापा भने सकुशल हुनुहुन्छ ।

बाटो छेउको पिलर छोपेर आफू बाँच्न सफल भएको उहाँले बताउनुभयो । ट्र्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्