अन्तर्राष्ट्रिय समुदायको आँखा नेपालमाः शितल निवास पुगिन् चिनियाँ राजदूत – Janadesh Daily | ePaper

अन्तर्राष्ट्रिय समुदायको आँखा नेपालमाः शितल निवास पुगिन् चिनियाँ राजदूत


जनादेश डिप्लोमेसी वाच ।

सरकारले संसद भंग गरेपछिको विकशित परिस्थितिबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दै गएको छ । औपचारिकरुपमा कुनै पनि देशले प्रतिक्रिया नजनाएको भएपनि कूटनीतिक सक्रियता बढेको छ ।

यही उपक्रम अन्तर्गत नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

नेकपा विभाजनको स्थितिमा पुगेका दिन राजदूत यान्छी राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेकी हुन् । मंगलबार साँझ साढे ६ बजेतिर यान्छी राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेको स्रोतले जनाएको छ ।

नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत यान्छी र राष्ट्रपति भण्डारीबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अनौपचारिक संवादमा चिनियाँ अधिकारीले यो परिस्थिति अपेक्षाकृत नभएको बताएपनि चीनले औपचारिक प्रतिक्रिया जनाएको छैन ।

उनीहरूबीच के छलफल भयो भन्नेबारे खुलिसकेको छैन । यसअघि पनि नेकपामा विवाद उत्कर्षमा पुग्दा राजदूत यान्छी सक्रिय हुने गरेकी थिइन् ।

औपचारिक रूपमा मौन
राष्ट्रपतिले संसद् भंग गरेपछि नेपालमा उत्पन्न राजनीतिक उथलपुथलबारे अन्तर्राष्ट्रिय समुदाय बोलिसकेको छैन । विगतका ठूला राजनीतिक घटनाक्रममा प्रतिक्रिया जनाउने अमेरिका, युरोपेली संघ मात्र होइन, छिमेकी भारत र चीन पनि मौन छन् ।

नेपालस्थित अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधि संसद् विघटनका सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको प्रतीक्षा गरिरहेको कुटनीतिक मामिलाका जानकारहरु बताउँछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्