कांग्रेस सभापति देउवाको दोधार लक्षित बाबुरामको ट्वीट- सबैलाई चेतना भया! – Janadesh Daily | ePaper

कांग्रेस सभापति देउवाको दोधार लक्षित बाबुरामको ट्वीट- सबैलाई चेतना भया!


जनादेश सोसल मिडिया वाच ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएपछि जनता समाजवादीका संघीय परिषद् प्रमुख डाक्टर बाबुराम भट्टराईले त्यसतर्फ इङ्गित गर्दै भ्रममा नपर्न चेतावनी दिएका छन् ।

बाबुरामले ट्वीट गर्दै भनेका छन्- ‘संकटको वेला अर्जुनदृष्टि/एकलव्यध्येय/भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो।ओली-भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ।संविधानका मूलमर्म/आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ।नत्र न रहे बाँस न बजे बाँसुरी हुनेछ। सबैलाई चेतना भया!”

प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनःस्थापनातिर कि निर्वाचिततिर केन्द्रीत हुने भन्नेमा मत बाझिएको थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवा र उनीपक्षीय सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई आक्रामक ढंगले प्रतिवाद गर्ने मुडमा देखिएका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानी हेर्न नहुने पक्षमा छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्