डाकू समूहले गरेको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु – Janadesh Daily | ePaper

डाकू समूहले गरेको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु


कानो, नाइजेरिया

कानो, नाइजेरिया, (रासस-एएफपी) – अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरुको समूहले बारुदी सुरुङ बिस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ ।

नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा पैदल गस्तीमा रहेको सैनिक टोलीमाथि डाकुहरुले घेरा हालेर आक्रमण गरेको सेनाले जनाएको छ । सैनिक स्रोतले अरु केही सैनिक हराइरहेको जनाएको छ ।

यस क्षेत्रमा डाकाहरुको समूहले स्थानीयबासीका गाईवस्तु र अन्य धनमाल लुट्ने गरेका छन् । केही विज्ञहरुले यी डाकु समूहले इस्लामिक लडाकूसँग पनि साँठगाँठ गर्न थालेको दाबी गरेका छन् ।

लडाकू समूहका एक व्यक्तिले सेनातर्फ २३ जनाभन्दा बढीको मृत्यु भएको दाबी गरेका छन् । त्यही इलाकामा शनिबार एउटा बेवारिसे बम बिस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु हुनुका साथै छ जना घाइते भएको काट्सिना राज्यका प्रहरी प्रवक्ताले बताएका छन् ।

उक्त बम डाकुहरुले छाडेको हुनसक्ने प्रहरीको अनुमान छ । नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीको समेत गृहराज्य रहेको काट्सिनामा बहुसंख्यक नागरिक चरम गरिब छन् । यही राज्यमा पछिल्ला केही वर्षदेखि शान्ति सुरक्षाको अवस्था अत्यन्त नाजूक बनेको छ ।

नाइजेरियाली सेनाले डाकुहरुले आश्रय लिने गरेको यस क्षेत्रको विशाल जंगलमा गस्ती बढाएको छ, तर सेनाको संख्या पर्याप्त नभएको स्थानीयको गुनासो छ । बरु स्थानीयबासी स्वयंले आत्मरक्षाका लागि ससाना समूह बनाएर गाउँको सुरक्षा गर्ने गरेका छन् ।

नाइजेरियाली यी डाकु समूहले सन् २०११ देखि यता आठ हजारभन्दा बढी व्यक्तिको हत्या गरिसकेका छन् भने दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्