नेकपा संसदीय दलबाट ओली बर्खास्त, प्रचण्ड बने नयाँ नेता – Janadesh Daily | ePaper

नेकपा संसदीय दलबाट ओली बर्खास्त, प्रचण्ड बने नयाँ नेता


जनादेश, काठमाण्डौ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलबाट केपी शर्मा ओलीलाई बर्खास्त गरिएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षको संसदीय दलको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाएको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउँदै पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ नेता चयन गरेको छ ।

यो समूहको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षबाट पनि ओलीलाई निष्काशन गरी माधव नेपाललाई चयन गरेको थियो ।

बैठकमा नेकपाका विघटित प्रतिनिधि सभाका बहुमत सदस्यहरु उपस्थित भएका छन् । उपस्थित ९३ जना भन्दा बढी सांसदलाई सुरुमै हस्ताक्षर गराइएको थियो। सो पक्ष सूर्य चिह्न र नामका लागि यही हस्ताक्षर लिएर निर्वाचन आयोग गएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्