घर जलेको बेला घाटमा सुत्ने लालसा नराखौं- डा. बाबुराम भट्टराई – Janadesh Daily | ePaper

घर जलेको बेला घाटमा सुत्ने लालसा नराखौं- डा. बाबुराम भट्टराई


जनादेश मिडिया वाच ।

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भटट्टराईले अहिलेको अवस्थामा चुनाव जितेर लाभ लिने भ्रम नपाल्न कांग्रेस लगायतका दलहरुलाई सचेत गराएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केही नेताले चुनावमा भाग लिएर ठूलो दल बनाउने सपना देखेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले असंबैधानिकरुपमा गरिएको संसद विघटनपपछि हुने चुनावमा जित्ने अपेक्षासहित असंबैधनिक कदमको विरोध नगर्नु गलत भएको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएर घोषणा गरेको निर्वाचनमार्फत ठूलो दल बन्छु भन्नु घरमा आगो लागेका बेला ठूलो खाटमा सुत्ने इच्छा गर्नुजस्तै भएको टिप्पणी गरेका हुन् ।

‘घरमा आगो लागेका बेला ठूलो खाटमा सुत्ने लालसा गर्नुजस्तै हो ओली-भण्डारीले संविधान च्यातेका बेला केही कांग्रेसी मित्रहरूले चुनावमा भाग लिएर ठूलो पार्टी बन्ने सपना देख्नु,’ डा. भट्टराईले बुधबार राति ट्विटरमा लेखेका छन्, ‘त्यस्तो अवसर कांग्रेसलाई पञ्चायतकाल र ज्ञानेन्द्रको चुनावका बेला पनि त थियो !’

बाबुराम भट्टराईको पार्टीले ओलीको कदमविरुद्ध देशव्यापीरुपमा विरोधका कार्यक्रम सुरु गरिसकेको छ । ओली सरकारले घोषणा गरेको चुनाव रद्ध गराएर संसद व्युँताउनुपर्ने जनता समाजवादी पार्टीको माग छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्