नागेश्वरमा भक्तजनको भीड – Janadesh Daily | ePaper

नागेश्वरमा भक्तजनको भीड


Nageshwar Shiva Temple, Dwarka - Tripadvisor

काठमाडौँ, (रासस)ः

कामपा–३२, पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहानदेखि नै घुइँचो लागेको छ ।

सामाजिक दूरी कायम गरेर मन्दिरमा दर्शनार्थ आएका श्रद्धालु भक्तजनको लाम चारै ढोकामा लगाई छिटोछिटो दर्शन गर्ने व्यवस्था मिलाइएको छ । मन्दिरमा आइसकेका भक्तलाई असुविधा नहुने गरी विशेष व्यवस्था मिलाइएको छ ।

नागेश्वरको दर्शन गर्नाले मानिसको साह्रै कष्ट पनि नाश हुन्छ भन्ने मान्यता रहिआएको नागेश्वर महादेव व्यवस्थापन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताउनुभयो ।

विसं १८८१ मा स्थापित नागेश्वर शिवालय सरदार बााक्सिङ रायले स्थापना गरेका हुन् । चौबीस रोपनी क्षेत्रफलमा फैलिएको सो मन्दिर परिसरमा धर्मशाला, ढुङ्गेधारा, गौचरण, बगैंचा आदि छन् ।

त्रिभुवन विमानस्थल विस्तारका क्रममा अधिग्रहणमा परेपछि त्यहाँको शिवलिङ्ग स्थानान्तरण गरिएको हो । मन्दिरमा बिहान–बेलुका सधैँ वैदिक विधिपूर्वक पूजा, रुद्री, आरती आदि हुन्छ ।

विश्वशान्ति र मानवकल्याण र समस्त जीवात्माको रक्षा होस् भनेर विशेष पूजार्चना गरिने रायमाझीले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्